भगवान बुद्ध, भगवान कल्कि: लुम्बिनी र मटिहानी
२५०० वर्ष अगाडि भगवान बुद्ध नेपाल को पश्चिमी तराई को लुम्बिनी मा जन्मिए। त्यो तथ्य आज नेपाली राष्ट्रियता बनेको छ। झण्डा जस्तो। झुक्किएर पनि कसैले भगवान बुद्ध भारतमा जन्मिएको भन्नै नहुने।
भगवान बुद्ध ईश्वर बारे न बराबर को कुरा गर्छन। किन होला? दुनिया मा आज थुप्रै बुद्ध धर्मावलम्बी छन जो ईश्वर को कुरा नै गर्दैनन।
एउटा कहानी छ। एक जना नास्तिक मान्छे आइपुग्छन। बुद्ध लाई सोध्छन, ईश्वर छ कि छैन? किन सोधेको भन्दा छैन भनिराखेको, यदि छ रैछ भने आपत पर्ने भो भनेर सोधेको। बुद्ध ले भने, छ। त्यही बेलुकी एक जना प्रत्येक वाक्य मा राम को नाम लिने मान्छे आइपुग्छ। ईश्वर छ कि छैन? किन सोधेको भन्दा यदि ईश्वर छैन भने बिना काम नाम लिँदै बसिएछ भन्ने हुन्छ। सब व्यर्थ। बुद्धले भने, छैन।
अर्थात ईश्वर छ भन्ने कुरा को ज्ञान भएको मान्छे लाई छैन भने पनि केही फरक पर्दैन। किनभने उसलाई थाहा हुन्छ ईश्वर छन।
एक पटक तर भगवान बुद्ध ले भनेका छन, “म नै राम हुँ।” भगवान कृष्ण ले पनि त्यही भने, म नै राम हुँ।
कलि युग मा मान्छे ले ईश्वर लाई धेरै हद सम्म नकारेको हुन्छ। आफै गर्छु सब थोक भन्ने अहं हुन्छ। बुद्ध ले आफै पनि धेरै गर्न सकिन्छ भन्ने मार्ग देखाए। कलि युग मा पाप धेरै हुन्छ। पाप धेरै हुन्छ भने त भएभरको नर्क जाने भए। ईश्वर ले पापी मानिस लाई माफ़ी दिने उपाय निकाले। २,००० वर्ष अगाडि येशु शुलीमा चढ़े। पाप माफ़ गर्न। भगवान कृष्ण वाचा गरेर गए, कलि युग को अन्त्य गर्न म आइपुग्छु। सम्भवामि युगे युगे।
आइपुगे।
कल्कि अवतार को जन्म बारे भनिएको छ शम्भल। त्यो नाम को शहर बिभिन्न रहेछ भारत मा। उड़ीसा मा। उत्तर प्रदेश मा। अन्त्य पनि। शम्भल तर देश भनिएको छ। शम्भु को देश। अर्थात पशुपतिनाथ को देश। अर्थात नेपाल। भनिएको छ, अत्यंत पवित्र माटो मा पैदा हुने। नेपाल को पुर्वी तराई को मटिहानी को माटो यति सारहो पवित्र मानिन्छ सीता माता को स्वयंवर का लागि त्यहाँ बाट माटो लगिएको थियो। दुध को नदी दुधमती को किनार मा रहेको मटिहानी। माता को नाम। पत्नी को नाम। धर्म ग्रन्थ को भविष्यवाणी ले परिचय स्थापित गर्छ। तर राम से बड़ा राम का नाम। धरती मा हुँदा भगवान राम यदि अयोध्या मा छन भने मिथिला मा छैनन। मिथिलामा हुँदा अयोध्यामा छैनन। तर आज को शब्द को राम त सर्वव्यापी हो। अर्थात राम से बड़ा राम का नाम।
जो व्यक्ति ईश्वर होइन उसले म ईश्वर हो भन्नु महापाप हो। तर कलि युग हो। घोर कलि युग। इंटरनेट मा जानुस। सयकडौँ मानिस छन। म हो कल्कि अवतार, मेरो पुजा गर भनिरहेका छन। महापाप गरिरहेका छन।
कल्कि अवतार त्यो हो जसले कलि युग समाप्त गर्नेछ ,जसको नेतृत्वमा कलि युग समाप्त हुनेछ। कल्कि अवतार त्यो हो जसले भविष्यवाणी हरु पुरा गरेको छ र जोसँग कलि युग समाप्त गर्ने रोडमैप छ।
भगवान कल्कि धरतीमा छन। मटिहानी मा पैदा भएका हुन। विक्रम सम्वत कैलेंडर अनुसार शताब्दी को अन्त्य मा कलि युग को अन्त्य हुनेवाला छ। त्यसको शुरुवात नेपाल बाट हुनेछ। नेपाल, त्यसपछि भारत र चीन, र समस्त दुनिया। दुनियाको प्रत्येक देश। प्रोजेक्ट पैसारहित समाज को निर्माण हो।
पैसारहित समाज मा एउटा केरा किसान ले आठ घंटा काम गर्यो भने उसको कमाई आठ घंटा भयो। उसको खातामा आठ घंटा गयो। एउटा डॉक्टर ले आठ घंटा काम गर्यो भने उसको पनि कमाई आठ घंटा भयो। कुनै सामानको मुल्य बीस सेकण्ड होला, कुनैको चार मिनट, कुनै को पाँच घंटा। प्रत्येक व्यक्ति को कमाइ बराबर।
विचार एउटा पुस्तक को रूप मा आउँछ। त्यस बारे इच्छा लागे जति ले टिकाटिपण्णी गर्ने छन। विचार परिमार्जन होला। लोकतान्त्रिक तरिका ले जनता ले कुरा बुझेर अनुमोदन नै गर्ने हुन। पहिला एउटा देश बाट नै शुरू हुने हो। त्यो प्रथम देश हो नेपाल। २१ वर्ष मा तर सारा दुनियामाँ लागु भइसकेको हुनेछ। सबै देश मा एकै थरि हुने पनि होइन। प्रत्येक देशमा विशिष्ट किसिमले लागु हुने हो। लोकतान्त्रिक प्रक्रिया बाट नै हुने हो।
२२ वर्ष मा सत्य युग शुरू।
प्रथम कदम एउटा विश्वव्यापी कल्कि सेना को निर्माण हो। कल्कि अवतार राजा हुन। म त्यस सेना को एक जना सेनापति। भगवान कल्कि द्वारा नियुक्त प्रथम सेनापति। म को? २,००० वर्ष अगाडि म येशु थिएँ। सारा दुनिया का क्रिस्चियन हरु येशु फेरि आउँछन भनेर पर्खेर बसेका छन। मृत्यु हुनु एक दिन अगाडि येशु ले आफ्ना निकटतम शिष्य लाई भनेका, म फेरि आउँछु, त्यति बेलासम्म यसरी ब्रेड र वाइन खानु मेरो यादमा।
बाइबल का ३०० बढ़ी भविष्यवाणी येशु मा पुरा भए। एउटा सिक्का उछालदा टाउको अथवा पुच्छर को संभावना दुईमा एक हुन्छ। त्यसरी ३०० बढ़ी भविष्यवाणी एक व्यक्ति येशु मा पुरा हुने संभावना? त्यो संख्या दुई होइन कि ब्रह्माण्ड मा भएका अणु को संख्या भन्दा पनि ठुलो संख्या। मेरो परिचय पनि त्यसरी नै स्थापित हुने हो।
सत्य युग को वर्णन छ बाइबल मा। बुक ऑफ़ आईजेयाह मा। होली फादर, होली सन, होली स्पिरिट। विष्णु, ब्रम्हा, महेश। बाइबल का वास्तविक लेखक को? शिवजी। महादेव। होली स्पिरिट। शम्भु।
म अहिले कल्कि सेना का प्रथम १०,००० व्यक्ति को खोजी मा छु। दुनिया भरि। यो फंडरेजिंग त्यसै का लागि भइरहेको हो। कल्कि सेना का सैनिक को अस्त्र हुनेछ सत्य वचन।
भगवान बुद्ध भारत मा जन्मिएको भन्नै नहुने। नेपाल मैं जन्मिएको भन्नुपर्ने हरु लाई मेरो प्रश्न छ। नेपाल मा जन्मिएका भगवान कल्कि बारे के छ तपाईं को विचार?
राम राज्य सिर्फ अयोध्या मा थियो। कल्कि राज्य ले सारा पृथ्वी ढाक्ने छ। २,००० वर्ष देखि दुनिया भरि क्रिस्चियन हरु त्यसै कल्कि राज्य को स्थापना का लागि प्रार्थना गर्दै आएका छन। Thy kingdom come, thy will be done, on earth as in heaven.
@paramendrakumarbhagat #satyayuga #kaliyug #kaliyugam #kaliyuga #kalki #kalkiavatar #jesus #god #krishna #rama #shiva #holyspirit #holy #nepal ♬ original sound - Paramendra Kumar Bhagat
No comments:
Post a Comment