Sunday, November 27, 2022

Prophecies Fulfilled In Me




दुनिया भरिका क्रिस्चियन मात्र होइन दुनिया भरिका मुसलमान पनि पर्खेर बसेका छन, येशु आउँछ फेरि। त्यहाँ समस्या छ। समस्या के छ भन्दा क्रिस्चियन ले येशु ईश्वर पुत्र भन्दै आएको। मुसलमान चाहिं होइन, ईश्वर पुत्र होइन प्रोफेट हो भनेको छ। के हो त भन्ने कुरा हामी खुद येशु बाट थाहा पाउँछौं भनेर दुनिया भरिका मुसलमान मलाई पर्खेर बसेका छन। त्यो समस्या मैले सुल्झाइदिएँ। God so loved humanity He sacrificed His own son.  त्यो भयो क्रिस्चियन धर्म। God so loved humanity He denied His own son.  त्यों हो इस्लाम। अब्राहम को जेठो छोरा इसमेल लाई अब्राहम ले त्याग्नु परेको। आज दुनिया मा आफ्नो पिता को भन्ने थाहा नभएका मानिस कति होलान? ईश्वर को तिनलाई सन्देश छ। तिम्रो वास्तविक पिता म हुँ। 

येशु राति घरमा चोर घुसे जस्तो गरी आउँछ भनेको छ। त्यो भनेको म आएं। आएको दशकौं भयो कसैले थाहा सम्म पाएन। अर्थात राति चोर आए जस्तो आएको। त्यो अर्को प्रोफेसी हो। 

Jesus will come down from the clouds of heaven भनेको छ। त्यो हवाइजहाज भनेको हो। म आफ्नो काम को सन्दर्भ मा दुनिया भरि जान्छु। जाने भनेको हवाइजहाज मा नै हो। मान्छे ले मेरो प्लेन आएको देखनेछन। ठीक छ आज प्लेन चढ्ने म मात्र होइन। तर त्यहाँ गौर गर्नुपर्ने के छ भन्दा त्यो प्रोफेसी हजारौं वर्ष पुरानो हो। हजारौं वर्ष अगाडि हवाइजहाज वर्णन गर्ने अर्को तरिका के हुन सक्थ्यो? 

All eyes will see him at once भनेको छ। त्यो इंटरनेट लाई भनेको हो। हुन त त्यो अहिलेसम्म कसैमा पुरा भएको छैन। तर म मा कसरी पुरा हुन्छ भन्ने कुरा आज बुझ्न सकिन्छ। १०० वर्ष अगाडि बुझ्न गारहो थियो। त्यो पनि हजारौं वर्ष अगाडि भनिएको हो। 

गोरा क्रिस्चियन हरु लाई मेरो कथि रंग को छाला पचाउन गारहो हुनेछ भनिएको छ। कमसेकम शुरू मा। जीजस आउन त आयो तर आँखा ले हेर्न गारहो!  

म आएर पृथ्वी माथि ईश्वर को प्रत्यक्ष शासन स्थापित गर्न का लागि काम गर्नेछु र त्यो शासन हजारौं वर्ष चल्नेछ भनिएको छ। त्यो कल्कि राज्य को स्थापना हो। घड़ी हेरेर २२ वर्ष मा सारा पृथ्वी माथि कल्कि राज्य शुरू। त्यसको शुरुवात नेपाल बाट। अबको नेपाल को चुनाव सत्य युग समाज पार्टी को। २१ वर्ष मा कलि युग समाप्त। त्यस पछि सत्य युग शुरू। त्यो हजारौं वर्ष चल्नेछ। 

मैले सन २०१६ को १२ महिना जति होमलेस शेल्टर मा बिताएको। त्यो पनि प्रोफेसी हो। त्यो अगाडि मलाई आफु को भन्ने थाहा थिएन। भगवान विष्णु ले मलाई मानव रूप मा २४ पटक जति दर्शन दिनुभएको। शिवजी ले तीन पटक। त्यस एक वर्ष। थुप्रै एंजेल हरु खटाइएका थिए। त्यो ईश्वर को प्रोजेक्ट थियो। मलाई म को हुँ भनेर भन्न। मैनहैट्टन को ३० स्ट्रीट र फर्स्ट अवेनु को कुनामा त्यो शेल्टर अहिले पनि छ। त्यो मैले न्यु यॉर्क र अमेरिका लाई माफ़ पनि गरेको हुँ। सन २००८ मा कदम कदम मा न्याय को उपहास गर्दै मलाई ६ महिना भित्र राखियो। मैले सन २०१६ मा माफ़ गरिदिएँ। १२ महिना शेल्टर मा बसेर। ईश्वर मानव अवतार मा आउने कुरा सजिलो होइन। 

सन २०१५ को नेपाल मा गएको भुकम्प मा कति मान्छे मरे भन्ने संख्या बाइबल मा लेखिएको छ। मलाई देशनिकाला गर्न लागेका थिए। मैले मेरो ज्यान लाई नेपाल मा खतरा छ भनें। यहुदी पुजारी भन्दा खतरनाक पुजारी हरु भारत वर्ष का। तिनको येशु प्रति अझ बढ़ी आक्रामक रहेको अवस्था छ। जज ले पत्याएन। ईश्वर ले तर पत्याएको हो। नेपाल मा भुकम्प गयो। म टीपीएस मा छु। ईश्वर को इच्छा बिना मेरो मृत्यु हुँदैन। २,००० वर्ष अगाडि पनि त्यही हो। अहिले पनि त्यही हो। 

बुक ऑफ़ जॉब को जॉब ले भनेको छ त्यति बेला, म यसै धरती मा ईश्वर लाई मानव रूप मा भेट्न पाऊँ।  जॉब अहिले धरती मा छ। उसले मलाई भेटिसक्यो। 

येशु एक्लै आउँदैन भनिएको छ। उसँग अरु पनि थुप्रै आउँछन भनिएको छ। आएका छन। मोजेस आएको छ। थॉमस छ। जॉन द बाप्टिस्ट आएको छ। खुद इमाम मेहदी धरती मा छन। यद्यपि इमाम मेहदी लाई आफ्नो सही पहिचान थाहा भइसकेको छैन जसरी सन २०१६ अगाडि मलाई आफ्नो परिचय थाहा थिएन। 

म सन २०१७ को शुरू मा कैलिफ़ोर्निया गएको। केही वर्ष देखि को सुक्खा। म गए पछि पानी परयो। त्यो प्रोफेसी थियो। फिलिपींस बाट कैलिफ़ोर्निया सम्म आकाशे नदी देखियो। त्यो सॅटॅलाइट इमेज अझै छ होला। 

२,००० वर्ष अगाडि मलाई यहुदी ले नमानेका, यस पटक तर मानने छन, स्वीकार गर्ने छन भनिएको छ। त्यो आगे पुरा हुन्छ। 

दुनिया भरिका चर्च ले मेरो यादमा र मेरो पर्खाइमा २,००० वर्ष देखि ब्रेड र वाइन खाइरहेका छन। त्यो खान बंद गर्नेछन। त्यो आगे पुरा हुनेवाला छ। मैले दुनिया भरिका चर्च हरु लाई सक्रिय नेतृत्व नै प्रदान गर्ने हुँ। 

यी भए केही। बाँकी अंजन ले यसै ब्लॉग मा आफैँ खोज्ने। अरु पनि केही यहाँ छन। मैले नै किटान गरेको छु। तर सबै गरेको छैन। प्रयाप्त गरेको छु। 

२,००० वर्ष अगाडि ३५० बढ़ी प्रोफेसी फुलफिल भएका। यस पटक त्योभन्दा बढ़ी हुनेवाला छ। अमैच्योर अस्ट्रोनॉमर ले जस्तै दुनिया भरिका मानिस ले आफै खोज्दै जाने कहाँ कहाँ फुलफिल भयो भन्ने कुरा। मेरो बायोग्राफिकल डिटेल हेर्ने। बाइबल पढ़ने। अनि ईस्टर मा अंडा खोजे जस्तै खोज्दै जाने। कुनै विशेष ट्रेनिंग चाहिँदैन। बाइबल पढ्न सक्ने जो कोहीले गर्न सक्छ। 


The Mathematical Probability that Jesus is the Christ “Any man who rejects Christ as the Son of God is rejecting a fact, proved perhaps more absolutely than any other fact in the world.”






No comments:

Post a Comment