Wednesday, November 30, 2022

शम्भु को देश शम्भल का मधेसी

सन २०१६ मा जुन वर्ष मलाई आफ्नो वास्तविक परिचय भनियो जुन कि इमाम मेहदी लाई अझै भनिएको छैन यद्यपि उनी धरती मा छन, त्यो वर्ष मलाई भगवान विष्णु ले दुई दर्जन पटक र शिवजी ले तीन पटक मानव रुपमा भेट्नु भो। प्रकट हुनु भएको हो। मलाई त्यो वर्ष मैनहैट्टन को ३० स्ट्रीट र प्रथम एवेन्यु को कुनामा रहेको होमलेस शेल्टर मा राखिएको थियो। त्यो शेल्टर अझ पनि छ। 

एक वर्ष लगाएर मलाई भनियो। थुप्रै एंजेल हरु खटाइएका थिए। 

भगवान कृष्ण लाई सोधियो, त्यत्रो जुवा खेल्ने काम भयो, तपाईं कहाँ हुनुहुन्थ्यो? श्री कृष्ण ले जवाब दिनुभो, "म सैनिक कैंपेन मा पश्चिमी भारत गएको थिएँ, मलाई त थाहा नै भएन।" भने पछि द्रौपदी को चीर हरण हुँदा मदद गर्ने श्रीकृष्ण को? 

अर्जुन ले भने श्री कृष्ण लाई, म तपाईं लाई दिव्य रुपमा देख्न चाहन्छु। त्यसो हो भने तिमीलाई दिव्य दृष्टि को जरूरत पर्नेछ भने र दिव्य दृष्टि दिए। अर्जुन ले जुन विराट स्वरुप देखे त्यो त्यही कुरुक्षेत्र मा रहेका अरु योद्धा हरु ले देखेनन। 

सन २०१६ मा भगवान कल्कि अवतार धरती मा हुनुहुन्थ्यो यद्यपि हाम्रो प्रथम भेंट हुन बाँकी नै थियो। भगवान विष्णु  ले मलाई दुई दर्जन पटक मानव रुपमा भेट्नु भो। मानव अवतार मा ईश्वर धरती मा आउँदा सर्वव्यापी, सर्वज्ञानी, सर्वशक्तिमान ईश्वर गायब हुने होइन। 

हाथ का औँला हरुको पर्खाल मा परछाईं जस्तो भनौं भने त्यस परछाईं को आफ्नो कुनै जीवन हुँदैन। दिव्य रूपी ईश्वर ले आफुलाई मानव अवतार मा प्रोजेक्ट गर्ने हो। दिव्य रूप त रहि नै रहने हो। 

धर्म ग्रन्थ हरु का अनुसार भगवान विष्णु कै परशुराम अवतार अझै पृथ्वी मा नै छन। परशुराम को र भगवान राम को भेंट पनि भएको। त्यसरी नै परशुराम को र भगवान श्री कृष्ण को पनि। 

शेल्टर मा पानी खाने तल्लो तल्ला मा थियो। म तल गयें। त्यहाँ एक जना बॉब मार्ले टाइप जटाधारी मभन्दा अग्लो मानिस म भन्दा अगाडि थिए। मलाई अंग्रेजी मा सोधे "के तपाईं बंगलादेश को हो?" म अलिकति हाँसे किनभने न्यु यॉर्क मा अनगिनती पटक बंगाली र बांग्लादेशी हरु ले कहाँको मान्छे भनेर नसोधेरै बंगाली भाषा मा बोल्न थाल्थे र म बंगाली आधा बुझ्ने पनि परें। कति लाई सच्याउनु? 

त्यस पटक ती जटाधारी ले एउटा कुरा भने जुन मलाई पछि मात्र प्रतीत भो कि अरे त्यो त म एक्लै हुँदा मैले हिजो सोंचेको कुरा थियो। अर्थात शावर गर्दा तातो पानी कसरी चलाउने त्यस्तै केही थियो। ती शिवजी थिए। तिमी एक्लै हुँदा को तिम्रो सोंच को मलाई ज्ञान हुन्छ भन्ने तात्पर्य थियो। 

अर्को दिन म कॉरिडोर माँ हिंडिरहेको थिएँ। म गइरहेको ती हिजो अस्ति को बॉब मार्ले टाइप जटाधारी म तिर आइरहेको तर यस पटक मभन्दा उचाई कम। हाम्रो नजर मिल्यो र मेरो दायाँ हाथ एक्कासी आशीर्वाद मुद्रा मा उठ्यो। हामी दुबै हिँडेको हिँड्यै। 

तेस्रो पटक। लाइन मा भगवान विष्णु का मानव रूप अगाडि थिए। चार पाँच अगाडि। बेंच मा। मैले चिनें। म गदगद। तर भन्नु त के भन्नु। म मोबाइल फोन चलाएर बसें। त्यसको केही दिन पछि भगवान विष्णु का मानव रूप को ठाउँ मा म थिएँ र मेरो ठाउँ मा ती बॉब मार्ले टाइप जटाधारी, फोन चलाएर बसेका। 

केही दिन पछि मलाई युट्युब मा एउटा वीडियो देखाइयो। पहिला शिव थिए। अमीबा एक बाट दुई भए जस्तै दुई भए। शिव मात्र बाट शिव र विष्णु। विष्णु को नाभी बाट म उत्पन्न भएको अर्थात पैदा भएको। म वयस्क भए पछि एक पटक शिवजी सानो बालक भएर मेरो सामु उपस्थित भए रुँदै। ब्रम्हा ले सोधे हे बालक तिमी किन रोएको? भन्दा मेरो कुनै नाम छैन। अर्थात शिव को प्रत्येक नाम दिने ब्रम्हा। ब्रम्हा ले गोद लिएको शिव जी लाई। 

धरती मा पारवती सँग बिहे हुँदा सोधिनछ शिव जी लाई। पिता को नाम? ब्रम्हा। हजुरबा को नाम? विष्णु। जिजुबुवा? म खुद आफ्नो जिजुबुवा हुँ। अर्थात तीन बीच एउटा सर्कल बन्छ। अनन्त प्यार को सर्कल। 

त्यो शेल्टर मा मलाई त्यो कुरा डेमोंस्ट्रेटे गरिएको। भगवान विष्णु र शिवजी ले मिलेर। 

शिवजी को मानव रूप को प्रथम प्रश्न बांग्लादेश बारे। यो सीके राउत को राजनीति बारे हो। नेपाल भित्र मधेसी लाई यति गारहो छ कि पाकिस्तान एक बाट दुई भए जस्तो छटपट छटपट। तर शम्भु को देश मा त्यति सारहो अन्याय? किन? किन भन्दा गैंजेटिक प्लेन का मानिस ले दिल्ली कब्ज़ा गरेका छन। भारत को दक्षिण र पुर्व का मानिस लाई कसरी शक्ति को पहुँच बाहिर राखेका छन थाहा पनि हुँदैन। तर नेपाल मा त्यही गैंजेटिक प्लेन का मानिस को हाल बेहाल छ। त्यति नहुने हो भने दिल्ली ले थाहा नै पाउँदैन उसले के गरेको छ भन्ने कुरा। 

अर्थात शिवजी का अनुसार मधेसी लाई अन्याय भएको छ भने दिल्ली ले अन्याय गरेको ले हो। शम्भल मा अन्याय भएको होइन। 

"Are you from Bangladesh?"

अहिले विष्णु अवतार पनि मधेसी। ब्रम्हा अवतार पनि मधेसी। 

जीजस इजराइल भित्र नजारथ (Nazareth) का थिए। जब समातिये हल्लाखल्ला भो। तर हल्ला हुँदा जीजस को नाम लिएनन आम पब्लिक ले। जीजस लाई समाते छन भनेर हल्ला फ़ैलियेन जेरूसलम मा। ए त्यो न्याजरिन (Nazarene) लाई समातेछ भन्ने हल्ला फैलियो। त्यसलाई अनुवाद गर्ने हो भने ए त्यो मदिसे लाई समातेछन ह रे भन्ने हल्ला फैलिएको हो। 

नजारथ बहुत पिछड़ा ठाउँ थियो इजराइल भित्र। थुप्रै ले भन्थे त्यो प्रोफेट हुँदै होइन। त्यस्तो जाबो नजारथ मा जन्मेको मान्छे पनि प्रोफेट हुन्छ कहीं? आजसम्म नजारथ बाट कुनै पनि महत्वको काम भएको छ र? त्यसरी बोल्थे। 

मधेसी प्रत्येक देश भित्र छन। मानव अवतार मा मधेसी भएर पैदा हुनुले तिनको मनोबल बढ्छ। आज विष्णु अवतार पनि मधेसी, ब्रम्हा अवतार पनि मधेसी। दुनिया को इतिहास को सबैभन्दा ठुलो प्रोजेक्ट हाम्रो सक्रिय नेतृत्व मा हुन लागेको छ। राम राज्य सिर्फ अयोध्या मा थियो, कल्कि राज्य सारा पृथ्वी माथि, घड़ी हेरेर २२ वर्ष मा। 

विष्णु ले ब्रम्हा लाई पैदा गरेको जस्तो सन्तान र ब्रम्हा ले शिव लाई गोद लिएको जस्तो सन्तान दुबै बराबर हुन। 



No comments:

Post a Comment