Friday, December 16, 2022

विश्व गुरु नेपाल (Podcast 3)



मैले कैलिफ़ोर्निया मा रहेको पशुपतिनाथ फाउंडेशन लाई सम्पर्क गरें। तपाईं हरु एउटा मन्दिर भवन निर्माण गर्न अभियान चलाउनु हुन्छ। र त्यो सराहनीय कुरो हो। तर अब नेपाल विश्व गुरु बन्ने प्रोजेक्ट का लागि अभियान चलाउनुस। विष्णु अवतार पनि नेपाली। ब्रम्हा अवतार पनि नेपाली। सत्य युग सारा दुनिया का लागि आउन लागेको हो। र त्यसको शुरुवात नेपाल बाट हुन लागेको छ। इजराइल भन्दा १०० गुणा ठुलो विश्व गुरु नेपाल बन्न लागेको छ। अभियान चलाउनुस। अभियान मा सहभागी हुनुहोस। कल्कि सेना को सदस्यता लिनुस। सदस्यता फ्री हो र विश्वव्यापी हो। गोफण्डमी मा फंडरेजिंग हुँदैछ। त्यसमा डोनेट गर्नुस। साथी भाइ लाई पनि गर्न लगाउनुस। कल्कि सेना का प्रथम दश हजार सदस्य विशेष हुनेछन।

भगवान कल्कि बारे बिभिन्न भ्रम हरु छन। एउटा छ सेतो घोड़ा। तपाईं ले देख्नु भा होला। भगवान कल्कि लाई सेतो घोडा माथि बसाइदिएका हुन्छन् आर्टिस्ट हरु ले। किनभने भविष्य पुराण मा भगवान कल्कि को सफ़ेद वाहन को जिक्र छ। त्यो सफ़ेद वाहन हवाइजहाज हो। सेतो घोड़ा होइन।

भगवान कल्कि बारे बिभिन्न भ्रम हरु छन। अर्को छ शम्भल। शम्भल मा पैदा हुने भनिएको छ। त्यो शम्भल भनेको कुन शहर भनेर खोज्ने हरु छन। कसैले भन्छ ओरिसा मा छ शम्भल। कसैले भन्छ उत्तर प्रदेश मा छ। तर त्यो शम्भल शहर होइन। त्यो देश हो। शम्भु को देश। पशुपतिनाथ को देश। अर्थात नेपाल।

भगवान कल्कि बारे बिभिन्न भ्रम हरु छन। सबैभन्दा ठुलो भ्रम हो कि कलि युग अझ चार लाख बत्तीस हजार वर्ष जान्छ। त्यसो हो भने अहिले भगवान कल्कि आउने समय नै भएको छैन। जबकि भगवान कल्कि आइसके। धरती मा छन।

त्यत्रो काशी बनारस छ गंगा नदीको किनारमा। लगातार १०,००० वर्ष देखि त्यो शहर त्यहीँ को त्यहीँ छ। सत्य युग मा शिवजी का शिष्य हरु ले स्थापना गरेको शहर। सत्य युग पछि त्रेता आयो गयो। द्वापर आयो गयो। ५,००० वर्ष देखि कलि युग चलेको छ। भने पछि सत्य युग केही हजार वर्ष चल्ने। त्रेता युग केही हजार वर्ष चल्ने। द्वापर युग केही हजार वर्ष चल्ने। तर ५,००० वर्ष देखि चलिआएको कलि युग भने अर्को चार लाख बत्तीस हजार वर्ष चल्ने?

रामायण र महाभारत को प्रत्येक प्रमुख घटना सँगै रात्रि आकाश को वर्णन पाइन्छ। त्यो वर्णन यति सारहो सुक्ष्म छ कि, यति स्पष्ट छ कि आज को आधुनिक एस्ट्रोनॉमी ले पनि उपयोग गर्न सक्छ। राति को आकाश मा तारा हरु को जुन पैटर्न हुन्छ त्यो कहिले पनि रिपीट हुँदैन। अर्थात आज को राति को आकाश को वर्णन लेखेर राखिदिने हो भने त्यसको आधारमा दश हजार वर्ष पछि आजको तिथि मिति ठ्याक्क थाहा पाउन सकिन्छ। रामायण र महाभारत का प्रमुख घटना हरु सँग जुन रात्रि आकाश का वर्णन हरु छन तिनका आधारमा भन्न सकिन्छ भगवान राम ७,००० साल पहिले, भगवान कृष्ण ५,००० साल पहिले।

इस्लाम १४०० वर्ष पुरानो। क्रिस्चियन धर्म २,००० वर्ष पुरानो। बुद्धिस्ट धर्म २५०० वर्ष पुरानो। यहुदी हरु को धर्म ४,००० वर्ष पुरानो। चार युग जुन भनिन्छ त्यस अनुसार इस्लाम, क्रिस्चियन धर्म, बुद्धिस्ट धर्म, यहुदी हरु को धर्म प्रत्येक यस कलि युग मा पैदा भएका धर्म हरु हुन।

सत्य युग मा मानव समाज मा ईश्वर को पुर्ण उपस्थिति हुन्छ। कलि युग सम्म आइपुग्दा त्यो निकै स्खलन भइसकेको हुन्छ। अर्थात कलि युग मा मान्छे हरु ले हठ गर्न थाल्छन। हामी आफै गर्छौं। ईश्वर खासै चाहिँदैन। अनि अति धेरै पाप हुन्छ। धर्म को निकै क्षय भइसकेको हुन्छ।

मोदी जी भारत को प्रधान मंत्री हो तर चीन को अथवा इजराइल को अथवा नेपाल को अथवा ब्रिटेन अमेरिका को प्रधान मंत्री होइनन। तर ईश्वर त त्यस्तो होइन। ईश्वर पनि यो देश त्यो देश भन्ने हुन्छ? ईश्वर तर सारा मानव जाति को, समस्त पृथ्वी को, सारा ब्रह्माण्ड को ईश्वर। अझ थुप्रै ब्रह्माण्ड हरु को एउटै ईश्वर। ईश्वर त एक हुन।

त्यो ईश्वर को असीमित ज्ञान को अलि कति अंश कुनै पनि धर्म ग्रन्थ मा छ।

साधगुरु ले एउटा युट्युब वीडियो मा भनेका छन शिव जी ले दिएको ज्ञान को सय भाग को एक भाग मात्र बुद्ध ले दिएको ज्ञान मा छ। त्यसको गलत अर्थ लगाउने ले भन्न सक्छन बुद्ध भन्दा शिव जी सय गुणा बढ़ी ज्ञानी। गलत यस मानेमा कि शिवजी को ज्ञान असीमित हो। त्यो असीमित ज्ञान को अलि कति अंश सत्य युग मा तिनका शिष्य ले पाएका हुन। तर त्यो अलि कति अंश भगवान बुद्ध ले कलि युग मा दिएको भन्दा एक सय गुणा बढ़ी। किनभने कलि युग मा मान्छे को आध्यात्मिक ज्ञान को क्षमता नै निकै कम हुन्छ।

भने पछि स्वाभाविक कुरा हो कि सत्य युग मा उत्पत्ति भएको धर्म ग्रन्थ मा ज्ञान बढ़ी हुन्छ। तर त्यो त ग्रन्थ मा छ। तपाईं को दिल र दिमाग मा के छ?

कलि युग त सारा धरती मा छ। भारत वर्ष मा सनातन धर्म को उत्पत्ति भएको त्यसैले त्यहाँ चाहिं कलि युग छैन भनेर कसैले भनेको त छैन। गीता मा भगवान श्री कृष्ण ले भन्नु भएको छ, सम्भवामि युगे युगे। अर्थात धर्म स्थापना गर्न म प्रत्येक युग मा आइपुग्छु। आइपुग्नु भएको छ। भगवान कल्कि धरती मा हुनुहुन्छ।

भगवान बुद्ध पैदा भए पछि तिनका पिता लाई भेट्न एक जना ज्योतिषि आइपुगे। भने हे राजन, तपाईं को यो छोरा विशेष छ। या त समस्त पृथ्वी को राजा बन्छ होइन भने जोगी बन्छ। राजा लाई त जोगी चाहिएको थिएन। अनि राजकुमार सिद्धार्थ गौतम लाई त्यति बेला को समस्त सुख शयल उपलब्ध गराइयो ताकि जोगी बन्ने सोंच नै नआओस दिमाग मा। तर गौतम जोगी बनिदिए। त्यति बेला जोगी बने। यस पटक तर समस्त पृथ्वी को राजा बन्न लागेका छन।

राम राज्य सिर्फ अयोध्या मा थियो। कल्कि राज्य सारा पृथ्वी माथि रहनेछ। राम राज्य भन्दा सय गुणा ठुलो प्रोजेक्ट हो यो कल्कि राज्य को। त्यस प्रोजेक्ट को शुरुवात नेपाल बाट हुन लागेको छ। त्यसैले म भन्दैछु नेपाल विश्व गुरु बन्न लागेको छ। त्यस कुराको नेपाली हरु ले गर्व गर्ने कि नगर्ने? कसैले झुक्किएर भगवान बुद्ध भारत मा जन्मिएको भनिदिंदा झगड़ा शुरू गर्ने नेपाली हरु भगवान कल्कि नेपाल मा पैदा भएको कुरा को गर्व गर्ने कि नगर्ने?

म ब्रम्हा अवतार। २,००० वर्ष अगाडि म येशु थिएँ। आज म हुँ। बाइबल को सबैभन्दा प्रख्यात पुस्तक गॉस्पेल ऑफ़ जॉन को प्रथम दफा मा नै लेखिएको छ जीजस सृष्टिकर्ता। धरती र स्वर्ग को सृष्टि गरेको। कुनै हिन्दु लाई सृष्टिकर्ता को भनेर सोध्यो भने के भन्छ? ब्रम्हा। विष्णु को मानव अवतार राम, कृष्ण, बुद्ध र आज कल्कि। त्यस्तै ब्रम्हा को अवतार २,००० वर्ष अगाडि येशु, आज म।

मर्नु एक दिन अगाडि येशु ले आफ्ना शिष्य हरु लाई भनेका, म फेरि आउँछु, त्यति बेला सम्म मेरो यादमा यसरी ब्रेड र वाइन खानु। अहिले सम्म दुनिया को प्रत्येक चर्च मा श्रद्धापुर्वक खाइरहेका छन। भगवान राम ले पनि जानु अघि भनेर गएका, म फेरि आउँछु। आए। त्यसको २,००० वर्ष पछि भगवान श्री कृष्ण बनेर आए।

भगवान श्री कृष्ण ले एक पटक भने, म नै राम हुँ। एक पटक भगवान बुद्ध ले पनि भने, म नै राम हुँ।

होली फादर विष्णु। होली सन ब्रम्हा। होली स्पिरिट शिव। शिव को भुमि शम्भल। अर्थात नेपाल। त्यो नेपाल विश्व गुरु बन्न लागेको छ। आजको २२ वर्ष मा सारा पृथ्वी माथि सत्य युग स्थापित भइसकेको हुनेछ। त्यसको शुरुवात तर नेपाल बाट हुनेछ। पहिला नेपाल। त्यस पछि भारत र चीन हुँदै सारा दुनिया। दुनिया को प्रत्येक देश सम्म पुग्नेछ।

(1143 words)
(12 minutes)



No comments:

Post a Comment