हजारौं वर्ष मा एक पटक हुने घटना हो यो। भगवान राम, कृष्ण, बुद्ध धरती मा आउने घटना। तर भगवान विष्णु को यो कल्कि अवतार अझ विशेष हो। किनभने राम राज्य भन्दा कल्कि राज्य सय गुणा ठुलो प्रोजेक्ट हो। दुनिया को इतिहास मा यति ठुलो प्रोजेक्ट अहिलेसम्म भएकै छैन।
यहुदी हरु लाई त्यही राजा को इन्तजार छ। तिनले येशु लाई २,००० वर्ष अगाडि नमान्ने कारण त्यो थियो। तिनीहरुले पर्खेको राजा, डेविड जस्तो राजा, राज सिंहासन मा बस्ने राजा। तर येशु त फ़क़ीर थिए। तिन लाई चाहिएको राम राज्य को जस्तो राजा। दुनिया भरि शान्ति र समृद्धि कायम गर्ने राजा पर्खेर बसेका छन यहुदी हरु। आजको २२ वर्ष मा त्यो कल्कि राज्य शुरू।
येशु का शिष्य ले सोधे। ईश्वर को प्रार्थना कसरी गर्ने? येशु ले सिकाएको। दुनिया भरिको चर्च मा २,००० वर्ष देखि प्रत्येक रविवार त्यो प्रार्थना गरिन्छ। कि हे ईश्वर, धरतीमा तपाईं को प्रत्यक्ष शासन चाहियो। त्यो भनेको कल्कि राज्य माँगेको हो। २,००० वर्ष देखि मंगेको माग्यै।
यहुदी हरु ले ४०० वर्ष प्रार्थना गर्नुपर्यो। कि हे ईश्वर इजिप्ट को यो गुलामी बाट हामीलाई मुक्त गर। ४०० वर्ष पछि मुक्त भए। धरती मा ईश्वर को प्रत्यक्ष शासन माँगेको २,००० वर्ष भयो क्रिस्चियन हरु ले। त्यो साकार हुन लागेको छ।
भविष्य पुराण मा नारद मुनि माता लक्ष्मी लाई सोध्छन, “हे माता, धरती मा मान्छे हरु लाई कसरी थाहा हुन्छ कलि युग समाप्ति को क्षण निकट आइपुग्यो भनेर?” जवाब आउँछ, “मंदिर हरु मा ताला लागेको हुनेछ। रक्सी को पसल मा मान्छे हरु को लाइन लागेको हुनेछ।” त्यो ५,००० वर्ष पुरानो भविष्यवाणी हो। मैले बाल्यकाल देखि नै सुन्दै आएको। मलाई अचम्म लाग्थ्यो। एउटा दुईटा मन्दिरमा ताला लाग्न सक्छ। तर मंदिर भनेको सधैँ खुल्ला रहने ठाउँ। सबै मन्दिरमा ताला कसरी लाग्न सक्छ? तर त्यही भयो। कोरोना महामारी को समय मा त्यो भविष्यवाणी पुरा भयो।
त्यो भविष्यवाणी पुरा भएको ले हामी सबै लाई थाहा हुनुपर्छ कि कलि युग समाप्ति को समय आइसक्यो।
भगवान कल्कि बारे भनिएको छ शम्भल मा पैदा हुने। त्यो शहर होइन देश भनिएको हो। शम्भु को देश शम्भल। अर्थात पशुपतिनाथ को देश शम्भल। अर्थात नेपाल। भगवान बुद्ध जस्तै भगवान कल्कि नेपाल मा पैदा भएका हुन। अत्यंत पवित्र माटोमा पैदा हुने भनिएको छ। जनकपुर नजिक रहेको मटिहानी शहर को माटो यति सारहो पवित्र मानिन्छ कि खुद सीता माता को स्वयंवर का लागि त्यहाँ बाट माटो लगिएको थियो मंडप का लागि। दुधमती अर्थात दुध को नदी को किनार मा रहेको मटिहानी। माता को नाम भविष्यवाणी सँग मिल्छ। पत्नी को नाम।
परिचय स्थापित गर्ने काम ले हो। कल्कि अवतार त्यो जसले कलि युग समाप्त गर्नेछ। तर त्यो काम हुनु अगाडि त्यो काम कसरी हुनेछ भन्ने रोडमैप आउनेछ। त्यो रोडमैप केही महिना भित्र एउटा पुस्तक को रूप मा आउन लागेको छ। विश्वव्यापी कल्कि सेना को निर्माण हुनेछ। कल्कि सेना का सैनिक हरु को अस्त्र हो सत्य वचन। पायलट प्रोजेक्ट नेपाल बाट शुरू हुनेछ। सत्य युग समाज पार्टी ले नेपाल मा हुने अर्को चुनाव स्वीप गर्ने हो। भर्खर भयो चुनाव। अब पाँच वर्ष पछि होला।
नेपाल बाट शुरू हुन्छ। त्यस पछि भारत चीन हुँदै दुनिया को प्रत्येक देश सम्म पुग्छ। अहिले को २२ वर्ष मा दुनिया भरि सत्य युग शुरू।
(575 words)
(7 minutes)
Listen to "भगवान कल्कि धरती मा छन, मटिहानी मा पैदा भएका हुन " by paramendra: Son of God: Jesus come back as promised . ⚓ https://t.co/A85F2qU3oT
— Paramendra Kumar Bhagat (@paramendra) December 17, 2022
No comments:
Post a Comment